डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

डडेल्धुरा– डडेल्धुरामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँका २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड र २८ वर्षीय दीपक ओड रहेका छन् भने १८ वर्षीय किशोर फरार रहेका छन्।

कमल र १८ वर्षीय किशोरले ती युवतीलाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा करणी गरेको खुलेको छ।

त्यस्तै तपेन्द्र र दीपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाझो घरको गोठमा लगी जबरजस्ती करणी गरेको उनीहरूमाथि उजुरी परेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न मुख्य किशोर भने फरार रहेका छन्। फरार किशोरको प्रहरीले तीव्र खोजी गरिरहेको जनाएको छ।

प्रकाशित:
2023/09/21, 8:29