बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ

सुदूर प्रेस संवाददाता

बैतडी – बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छिन्।

दशरथचन्द नगरपालिका २ देहिमाडौँकी ४२ वर्षीया पुष्पा बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट बिहीबार साँझ पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो  देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुराजस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको हो ।  

विषेश सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जाँच गर्ने क्रममा आलुको बोरामा हालेर ल्याउदै गरेको अवस्थामा दशरथचन्द नगरपालिका ८ मौराभिरबाट उक्त कच्चा पदार्थ सहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

प्रकाशित:
2023/09/22, 7:33