यस्तो रहनेछ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी–मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै कोशी, मधेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

शनिबार दिउसो पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा मौसम सामान्य बदली रहने छ भने देशका बाँकी भू-भागहरूमा पनि आंशिकदेखि सामान्य बदली रहने छ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी, मधेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

प्रकाशित:
2023/09/23, 8:03