कैलालीका विभिन्न सीमा नाकाबाट सामान ओसार्न तस्करको यस्तो जुक्ति

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीका विभिन्न सीमा नाकाबाट अवैध तस्करी मौलाएको छ । तस्करहरूले नयाँ नयाँ जुक्ति लगाएर भारतबाट सामान तस्करी गर्न लागेका हुन ।  धनगढीस्थित त्रिनगर नाकाबाट यात्रुवाहक बस सेवाको नाममा भारतबाट अवैध सामानको तस्करी हुने गरेको भेटिएपछि यस्तो रहस्य भेटिएको हो । भारतको दिल्लीबाट धनगढी आइपुगेको बसभित्र झण्डै ३७ लाख मूल्य बराबरका अवैध सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रकाशित:
2023/09/24, 9:03