यस्तो छ आजको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी–देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली भई आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालबाट मनसुन बाहिरिने समय नजिकिँदै गएकाले भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

भोलि (बुधबार) पनि देशभर आंशिकदेखि सामान्य बदली भई थौरै स्थानमा वर्षा हुनेछ। कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहिबार पहाडी भूभागको थोरै स्थान र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, मधेस र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुनेछ।

प्रकाशित:
2023/09/26, 7:44