धनगढीबाट तीर्थयात्रामा गएका दुई युवा देवघाटमा बेपत्ता

सुदूर प्रेस संवाददाता

धनगढी–देवघाटमा नुहाउने क्रममा दुई जना युवा हराएका छन्। बिहीबार बिहान त्रिशूली र कालीगण्डकीको संगमस्थलमा नुहाउने क्रममा बेपत्ता भएका युवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा उनीहरु त्यहाँ गएका हुन् । 

भारतको आसाम घर भई लक्ष्मी नारायण मन्दिरमा संस्कृत पढ्दै आएका १९ वर्षीय भोजराज अधिकारी र धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने १७ वर्षीय पंकज दाहाल नुहाउनेक्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पन्डितले जानकारी दिए। 

वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षकको नेतृत्वमा विपद व्यवस्थापनमा खट्ने प्रहरीसहितको टोलीले खोजी गरिरहेको उनले बताए।

प्रकाशित:
2023/09/28, 4:55