नक्कली प्रमाणपत्र भेटिएपछि कैलालीका शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा

सुदूर प्रेस संवाददाता

धनगढी– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको एक जना शिक्षकविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महेश शाहविरूद्ध नक्कली प्रमाणपत्र पेश गरी अध्यापन गरेको भन्‍दै आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाण-पत्र झुट्टा भएको प्रमाणित भएकाले उनलाई भ्रष्टाचार निवारण ऐन २०५९को दफा १६को उपदफा १ बमोजिम सजाय  हुने मागदाबी गरेको छ । 

प्रकाशित:
2023/09/30, 8:36
SPA
KN
Priya Gahana Pasal