फेरि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि, ग्यास प्रतिसिलिण्डर २१५ ले बढ्यो

सुदूर प्रेस संवाददाता

धनगढी– चाडवाडको मुखैमा पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ।  शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको हो। हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ।  

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य पहिलो वर्गमा परेको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुनेको हकमा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो वर्गमा रहेको सुर्खेत र दाङमा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ।

त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ कायम भएको छ।  

प्रकाशित:
2023/10/01, 8:58