यस्तो छ आज देशभरको मौसम

सुदूर प्रेस संवाददाता

धनगढी– कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा सोमबार बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा समेत हुनसक्नेमहाशाखाले जनाएको छ।  राति कोशी, मधेश,  बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै मंगलबार र बुधबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रकाशित:
2023/10/02, 7:45