असोज २२ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

सुदूर प्रेस संवाददाता

 धनगढी– दसैँका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपछि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको हो ।

अग्रिम टिकट बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

कालोबजारीमा टिकट बिक्री हुन नदिन टिकट बुकिङ खुल्ने दिनबाट नै कडा अनुगमन गरिने विभागको भनाइ छ ।

No description available.

प्रकाशित:
2023/10/07, 9:25