सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो यस वर्षको मनसुन

सुदूर प्रेस संवाददाता

धनगढी– यस वर्षको मनसुन सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ ।

शुक्रबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसबारे जानकारी दिएको हो । ‘मनसुन मिति २०८० असोज १९ का दिन नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ’, बुलेटिनमा उल्लेख छ ।

महाशाखाकाअनुसार नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना देखिन्छ । 

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ । कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बाँकी प्रदेशका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित:
2023/10/07, 8:58