गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी

सुदूर प्रेस संवाददाता

एजेन्सी–  इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ । इजरायल र गाजा पट्टी वरपरबाट एक हजार पाँच सयभन्दा धेरै हमास लडाकुको शव फेला परेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता रिचर्ड हायेतले गाजा वरपरका इजरायलीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएका छन् । गाजाका स्थानीय अधिकारीहरूका अनुसार इजरायली आक्रमणमा परेर गाजामा झण्डै सात सय जनाको ज्यान गएको छ ।

यस्तै हमासको आक्रमणमा परी इजरायलमा पनि नौ सय जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । इजरायलले गाजामा ‘पूर्ण नाकाबन्दी’ गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ । हजारौँ नागरिक बत्ती, खाना र पानी बिना कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । गाजामा बसोबास गर्ने मानिसहरुका अनुसार यति ठूलो हिंसा यसअघि कहिल्यै भएको थिएन । 

प्रकाशित:
२०८० असोज २३, ०२:०४
SPA
KN
Priya Gahana Pasal