दिल्लीका मुख्यमन्त्री केजरीवाल धरौटीमा रिहा

सुदूर प्रेस संवाददाता

एजेन्सी–रक्सी बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल धरौटीमा रिहा भएका छन् । दिल्लीको राउज एभिन्यू अदालतले मुख्यमन्त्री केजरीवाललाई हिजो धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेर तिहाड जेलमा राखिएको थियो ।

यसअघि भएको लोकसभा चुनावका लागि उनले २१ दिनको जमानत पाएका थिए । चुनाव सकिएलगत्तै जुन २ तारिखमा उनी फेरि जेल गएका थिए । अहिले फेरि उनले जमानत पाएका हुन् । बोलाएका बेला हाजिर हुनुपर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्नुपर्ने सर्त अदालतले राखेको छ । 

प्रकाशित:
2024/06/21, 9:28
SPA
KN
Priya Gahana Pasal