धनगढी–सरकार र आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गर्नुअघिनै सुदूरपश्चिम प्रदेश सरकारको रातो किताबको ई–कपी पिडीएफ फाइल बाहिरिएको छ ।
असार १ गते आएको बजेटको रातो किताब प्रदेश सरकारले सार्वजनिक गर्नु अघि बिचौलियाहरूले सार्वजनिक गरेका हुन । अहिले उक्त रातो किताबको पिडीएफ सामाजिक सञ्जालमा भाइरल वनेको छ । नेपाली कांग्रेश सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले आज पत्रकार सम्मेलन गरी सरकारले अहिले सम्म सार्वजनिक गर्न नसकेको रातो किताब बिचौलियाहरूले सार्वजनिक गरेकोमा आपत्ति जनाएको छ । कांग्रेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल वहादुर शाहले सरकारको गैर जिम्मेवारी पनका कारण रातो किताबको पिडीएफ बाहिरिएको भन्दै उच्चस्तरीय समिति गठन गरेर यसको छानबिन दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । बजेट सार्वजनिक भएको दुई साता पुग्नै लाग्दा पनि सरकारले रातो किताब सार्वजनिक गर्न नसक्नु विडम्बनापूर्ण रहेको कांग्रेशको ठहर छ ।
पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाश वहादुर देउवाले अहिलेको बजेटमा बिचौलिया हाबी भएको र उनीहरुलेनै रातो किताबको पिडीएफ सार्वजनिक गरेको आरोप लगाउनुभयो ।
असार १ गते बजेट ल्याएको प्रदेश सरकारले अहिले सम्म प्रदेश सभासदस्यहरुलाइ रातो किताब दिन नसक्दा प्रदेशसभामा बजेट माथिको छलफल नै सुरु हुन सकेको छैन । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेट ल्याएको भोलिपल्टै राजनैतिक पहुँचका आधारमा आर्थिक मामिला मन्त्रालयका सचिवको सरुवा गरिएका कारण रातो किताब सार्वजनिक हुन नसकेको जनाइएको छ । बजेट लगत्तै मुख्यमन्त्री दीर्घ सोडारी काठमाडौं जानु भएको छ भने आर्थिक मामिला मन्त्री सुरेन्द्र पाल पनि पनि पहाडी जिल्ला जानु भएको छ ।