एसईई पूरक परीक्षा २३ साउनदेखि

सुदूर प्रेस संवाददाता

धनगढी– माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।

परीक्षा बोर्डको आज बसेको बैठकले अनुत्तीर्ण सबै विद्यार्थी पूरक परीक्षामा सहभागी हुन पाउने भएपछि साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

यसअघि परीक्षा नियन्त्रण कार्यालयले साउन १८ र १९ गते परीक्षा लिने सूचना जारी गरेको थियो । बिहीबार प्रकाशित नतिजाअनुसार एसईईमा दुई लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

प्रकाशित:
2024/07/01, 7:03