एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भने– यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले....

सुदूर प्रेस संवाददाता

धनगढी– एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाए । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन् । 

प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए ।

‘मैले एउटा गीत सम्झिरहेको छु- यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले… कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले… मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’ एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए ।

प्रकाशित:
2024/07/04, 7:02
SPA
KN
Priya Gahana Pasal