नगरप्रमुख हमालले गरे फेरी कमाल, धनगढीमा एकै पटक करिब १८  सय बिरुवा रोपिए 

हरियाली बन्दै धनगढी
सुदूर प्रेस संवाददाता

धनगढी–पछिल्लो समय धनगढीलाई हरियाली बनाउन अहोरात्र खटिएका धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आज फेरी देशमै नमुना काम गरेका छन् ।  धनगढीमा एकै पटक करिब १८ सय बिरुवा रोपेर उनले पर्यावरण संरक्षणका लागी देशमै उदाहरणीय काम गरेका हुन् । धनगढी उपमहानगरपालिकाले शनिवार एकै पटक १ हजार ७९५ बिरुवा रोपेको हो ।  हरियाली धनगढी अभियान अन्तर्गत क्याम्पस चोकदेखि मनेहरा कालिका मन्दिर अगाडी सम्मको सडक क्षेत्रमा वृक्षारोपण गरिएको हो । बिरुवा रोप्न सयौँ नगरवासी स्वतःस्फूर्त रुपमा सहभागी भएका थिए । वृहत् वृक्षारोपण गर्न विभिन्न वडाका वडा अध्यक्ष, सदस्यहरू, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, पतञ्जलि योग समूह, टोल सुधार समिति, सरसफाइ समिति र सर्वसाधारणको सहभागिता थियो । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले वृक्षारोपणको उद्घाटन गरेका हुन् । हरियाली धनगढी अभियान थालेका धनगढी उप–महानगर पालिकाका नगरप्रमुख गोपाल हमालले यस अघि सडक आसपासमा हजारौँ बिरुवा हुर्काएका छन् । पछिल्लो समय रुख बिरुवा रोप्ने तर हेरचाह नगर्दा सबै सुकेर जाने समस्या छ । तर नगर प्रमुख हमालले वैशाख जेठको खडेरीमा पनि ट्याङ्कर वाट पानी बोकेर बिरुवा हुर्काएका छन् । अहिले धनगढीको छ लेन सडक पुरै हरियाली देखिन थालेको छ  । अबको केही वर्षमा यो सडक निकै आकर्षक देखिने छ । त्यति मात्रै होइन पछिल्लो समय जलवायु परिवर्तनका कारण पानीका मुहान,हेन्डपम्प र वोरीङ सुक्न थालेपछि  उनले पुराना ताल तलैया उत्खनन गरेका छन् ।  धनगढीको फोहर मैला व्यवस्थापन, विकाश निर्माण सँगै पर्यावरण संरक्षण हमालको पहिलो प्राथमिकतामा छ । सबै सामुदायिक वनहरूमा एउटा पोखरी बनाउने हमालको योजना छ । त्यसका लागी हातेमालो गर्न नगरप्रमुख हमालले सबैलाई अनुरोध गरेका छन् । 

May be an image of road

May be an image of 3 people and treeMay be an image of 9 people and grassNo photo description available.

 

 

प्रकाशित:
2024/07/06, 12:21
SPA
KN
Priya Gahana Pasal