लम्कीचुहा नगरपालिकाको वजेट १ अर्ब १० करोड ६६ लाख

सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ल्याएको छ। नगर प्रमुख सुशीला शाहीको अध्यक्षतामा मंगलबार बसेको नगर सभाको १३ औँ अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख जुना कुमारी चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । चालूतर्फ ७० करोड ३९ लाख १ हजार र पुँजीगततर्फ ४० करोड २६ लाख ४० हजार गरी कुल १ अर्ब १० करोड ६६ लाख ११ हजारको बजेट ध्वनि मतका साथ सर्वसम्मत  पारित भएको छ। बजेटमा कृषि,रोजगारी र भौतिक विकाश लाइ प्राथमिकता दिइएको छ । लम्की चुहा कैलालीमा एउटा मात्रै महिला नगर प्रमुख भएको स्थानीय तह हो । 

May be an image of 2 people, dais and textMay be an image of 6 people, dais and textMay be an image of 6 people, people smiling, hospital, dais and textMay be an image of 4 people, dais and text

प्रकाशित:
2024/07/10, 7:38
SPA
KN
Priya Gahana Pasal