सुदूरपश्चिमले १० अर्ब रुपैयाँ खर्च गर्न सकेन

सुदूर प्रेस संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ । चालु आर्थिक वर्षको खर्च गतको भन्दा न्यून हो । गत आर्थिक वर्षमा प्रदेश सरकारको खर्च ६८.८४ प्रतिशत थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब २ करोड ५४ लाख ३९ हजार रुपैयाँमध्ये १० अर्ब ५७ करोड १२ लाख ६६ हजार ३ सय २० अर्थात ६२.०९ प्रतिशत मात्र खर्च भएको छ । विकास बजेटमा यस वर्ष ६ अर्ब ४५ करोड ३१ लाख २ सय ३७ रुपैयाँ खर्च हुन सकेन । यस्तै, चालुतर्फ ११ अर्ब ९६ करोड २ लाख एक हजार रुपैयाँ कुल विनियोजित रहेकोमा ६७.३२ प्रतिशत खर्च भइ ३ अर्ब ९० करोड ८९ लाख ४० हजार रुपैयाँ खर्च हुन सकेन । 

सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च ७०.७८ प्रतिशत मात्र छ । यो मन्त्रालयको बजेट १२ अर्ब ७० करोड ८६ लाख ६९ हजार ६ सय ४५ रुपैयाँ थियो । त्यसमध्ये ८ अर्ब ९९ करोड ४७ लाख ६२ हजार ७ सय ९४ रुपैयाँ मात्र खर्च भइ ३ अर्ब ७१ करोड ३९ लाख ११ हजार ६ सय ५० रुपैयाँखर्च हुन सकेन । उक्त मन्त्रालयमा विनियोजित ठूलो हिस्सा पुँजीगततर्फको बजेट हो । १२ अर्ब १९ करोड ६४ लाख ३७ हजार रुपैयाँ पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ अर्ब ६२ करोड ८१ लाख ०५ हजार ८ सय ४९ रुपैयाँ मात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

दोस्रो ठूलो बजेट रहेको सामाजिक विकास मन्त्रालयले विनियोजित बजेटमा ७२.८४ प्रतिशत मात्र खर्च गर्दै एक अर्ब ४५ करोड ८७ लाख ७४ हजार १ सय ६२ रुपैयाँ खर्च गर्न सकेन । उक्त मन्त्रालयको कुल बजेट ५ अर्ब ३७ करोड ०९ लाख १४ हजार ५ सय २ रुपैयाँ थियो । तेस्रो ठूलो बजेट रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ६७.४३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । २ अर्ब ४३ करोड ४६ लाख ७ हजार ९ सय १२ रुपैयाँ कुल बजेट रहेको उक्त मन्त्रालयले ७९ करोड २९ लाख ९४ हजार २ सय ५२ रुपैयाँ रकम खर्च गर्न सकेको छैन । विकासे मन्त्रालयका रुपमा रहेको अर्को मन्त्रालय उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च ७०.८२ प्रतिशत मात्र छ । उक्त मन्त्रालयको बजेट अर्ब ७७ करोड ७४ लाख १३ हजार ५ सय ९० रुपैयाँ रहेकोमा ५१ करोड ८५ हजार ७८ हजार २ सय ८९ रुपैयाँ खर्च हुने नसकेर फ्रिज गएको छ ।

May be an image of 3 people, heart and text

प्रकाशित:
2024/07/12, 8:06