रहेनन् फुटबलका हस्ती खडका

स्वर्गीय लालबहादुर खड्का

धनगढी– फुटवलका पूर्व राष्ट्रिय  खेलाडी एवं प्रशिक्षक लालबहादुर खड्काको निधन भएको छ। खड्काको मङ्गलवार दिउँसो ११ बजे उनको निधन भएको हो। धनगढी उपमहानगरपालिका–४ उत्तरवेहडीका खड्काको ५९ वर्षको उमेरमा मस्तिष्कघात भएर निधन भएको हो। घरमै एक्कासी बेहोस भएर ढलेपछि अस्पताल पुगाएर उपचारकै क्रममा खड्काको निधन भएको परिवारले जनाएको छ। गणेश थापा नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान हुँदा खड्का पनि राष्ट्रिय फुटबल टिमका खेलाडी थिए। त्यसपछि लामो समयसम्म सुदूरपश्चिम फुटबल टिमको प्रशिक्षक भएर खड्काले सुदूरपश्चिममा खेलाडी जन्माउने र फुटबल खेलको विकासमा योगदान गरेका थिए। उनको आज विहान गोदावरी घाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको परिवारजनले जनाएका छन् । 

प्रकाशित:
2024/07/24, 6:39