धनगढीको नोभा अस्पतालमा उपचारका लागी आएका युवकको मृत्यु भएपछि अस्पतालमा ढुंगामुढा

तीन राउन्ड अश्रुग्याँस प्रहार गरेपछि भिड तितर वितर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको नोभा अस्पतालमा उपचारका लागी आएका एक युवकको मृत्यु भएपछि आक्रोशित आफन्तजनले अस्पतालमा ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको छ । कञ्चनपुर बेलौरी नगर पालिकाका १७ वर्षीय नसिब चौधरीको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोपमा आफन्तजनले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेपछि तनाव भएको हो  ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गरेपछि भिड तितर वितर भएको छ । 

जन्डिसको समस्या लिएर  गत ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रवार दिउँसो ३ बजे मृत्यु भएको थियो । शुक्रवार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगन्ज वा भारतको बरेली लैजान भनेको मृतकका आफन्तले बताएका छन् ।  दिउँसो करिब  साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । अस्पताल प्रशासनले भने गम्भीर अवस्थामा रहेका बिरामीलाई रेफर गरिएको र लैजाने क्रममा मृत्यु भएको जनाएको छ । 

प्रकाशित:
2024/07/27, 2:39
SPA
KN
Priya Gahana Pasal