नोभा अस्पतालले मृतकका आफन्तलाई १३ लाख क्षतिपूर्ति दिने

सहमति भएपछि आफन्तले शव बुझे
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिब चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन् ।

अस्पताल प्रशासन र पीडितका आफन्तबीच आज (शनिबार) बेलुकी सहमति भएपछि आफन्तले शव बुझेका हुन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकाका १७ वर्षीय नसिबको अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्तजनले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न थालेपछि केही समय तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ सेल अश्रुग्यास प्रहार गरेपछि भिड तितरबितर भएको थियो ।

जन्डिसको समस्या लिएर गत साउन ७ गते अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो । शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगन्ज वा भारतको बरेली लैजान भनेको मृतकका आफन्तले बताएका छन् ।

दिउँसो करिब साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका थिएनन् । साँझ दुईपक्षीय सहमतिपछि आफन्तजनले शव बुझेका हुन् ।

प्रकाशित:
2024/07/28, 7:12
SPA
KN
Priya Gahana Pasal