काठमाडौं उपत्यकासहित मधेश, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा

सुदूर प्रेस संवाददाता

धनगढी– काठमाडौं उपत्यकासहित तीन प्रदेशमा गएराति भारी वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा काठमाडौं उपत्यकासहित मधेस, बागमती, लुम्बिनीका केही भूभागमा भारी वर्षा भएको हो । धनगढीमा विहान सामानय वर्षा भएको छ ।

 महाशाखाका अनुसार काठमाडौंमा पनि भारी वर्षा भएको छ । बूढानीलकण्ठमा क्षेत्रमा ८९ दशमलब ४ मिलिमिटर र भक्तपुरको नगरकोट क्षेत्रमा ८३ मिलिमिटर पानी परेको छ ।

भक्तपुरको हनुमान्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन् । खोला आसपासमा रहेका तीन वटा स्कुलका साथै दुई अस्पताल पनि डुबानमा परेका छन् । थप विवरण आउन बाँकी रहेको छ ।

बागमती नदीमा आएको बाढीले काडमाडौंको बागमती करिडोर ठाउँठाउँमा अवरुद्ध भएको छ । यस्तै थापाथली र बल्खुको बागमती नदी किनारका केही बस्तीमा पानी छिरेको छ । 

यसैगरी चितवनको शक्तिखोरमा पछिल्लो ६ घन्टामा १ सय ३६ दशमलब ६ मिलिमिटर वर्षा भएको छ । चितवनकै नारायणी फिल्ड अफिस केन्द्रमा १ सय १७ दशमलब ६ मिलिमिटर पानी परेको छ। 

यस्तै धादिङ गजुरीमा ८० मिलिमिटर वर्षात भएको छ। सिन्धुपाल्चोकको भोताङमा पनि पछिल्लो ६ घण्टामा १ सय ३ दशमलब ६ मिलिमिटर पानी परेको छ ।

आज पनि देशभर मनसुन सक्रिय रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित:
2024/07/31, 7:24
SPA
KN
Priya Gahana Pasal