सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान

विश्वासको मत लिएर बजेट ल्याउने मुख्यमन्त्रीको तयारी
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशनको पहिलो बैठक आइतबार आह्वान गरिएको छ । 
मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको बैठक बोलाउन सभामुख लाइ पत्र पठाउनु भएको हो ।  उक्त पत्रका आधारमा आइतबार दिउँसो २ बजे बैठक वोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  प्रदेश सभाको पाँचौँ अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिएर चालु आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुभएको छ । यस अघि तत्कालीन मुख्यमन्त्री दीर्घ वहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नहुँदा बजेट शून्यताको अवस्था थियो । बिहीबार देखि अध्यादेश मार्फत कर सङ्कलन सुरु भए पनि बजेट पारित नहुँदा सरकारको खर्च प्रणाली ठप्प छ । जसका कारण विकाश निर्माणका कामहरू प्रभावित भएका छन् । मुख्यमन्त्री कमल वहादुर शाहले विश्वासको मत लिएर यो महिना भित्रै अध्यदेशमार्फत बजेट ल्याउने बताउनुएको  छ ।
 

प्रकाशित:
2024/08/09, 3:47
SPA
KN
Priya Gahana Pasal