सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधवार विश्वासको मत लिने

कांग्रेश सहित एमाले र नाउपाको समर्थन
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिनु हुने भएको छ ।  
विश्वासको मत लिने प्रयोजनका लागी बुधवार दिउँसो ३ वजे प्रदेशसभा वैठक वोलाइएको प्रदेशसभा  सचिवालयले जनाएको छ । नेपाली कांग्रेस संसदीयदलका नेता शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको सर्मथनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात गरी ३६ जना प्रदेश सभा सदस्य भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ । विश्वासको मत प्राप्त गरेपछि वजेट ल्याउने मुख्यमन्त्री शाहको तयारी छ । 

प्रकाशित:
2024/08/13, 7:31
SPA
KN
Priya Gahana Pasal