भदौ १५ सम्म मुख्यमन्त्री सँग भेटघाट बन्द

सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गर्नुभएको छ । कार्य व्यस्तताका कारण उहाँले भेटघाट बन्द गर्नुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।  उहाँको कार्य व्यस्तता रहेकाले भदौ १५ गते सम्म बधाइका सबै कार्यक्रमहरु पनि बन्द गरिएको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशको बजेट यतिखेर आएको छैन मुख्यमन्त्री त्यसैमा व्यस्त भएकाले हाललाई भेटघाट बन्द गरिएको सचिवालयको भनाइ छ । बुधवार विश्वासको मत लिएर बजेट ल्याउने मुख्यमन्त्रीको तयारी छ । 

 

प्रकाशित:
2024/08/13, 7:45
SPA
KN
Priya Gahana Pasal