घट्यो पेट्रोलीयम पदार्थको मूल्य

धनगढी– पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको छ ।

बिहीबार साँझ बसेको नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोलमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । प्रतिलिटमा ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको निगमले जनाएको छ । आज राति १२ बजेदेखि यो मूल्य लागु हुने छ ।

घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको प्रतिलिटर १६२ तथा डिजेल र मट्टितेल १५२ रुपैयाँ कायम भएको छ । साथै निगमका अनुसार सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६४ र डिजेल तथा मट्टितेल १५४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजेल तथा मट्टितेल १५५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित:
2024/08/16, 6:59
SPA
KN
Priya Gahana Pasal