सहकारी छानबिन समितिले आज रवि लामिछानेसँग बयान लिने

सुदूर प्रेस संवाददाता

काठमाडौं –सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई समितिले आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।

लामिछानेसँगै सञ्चालक छविलाल जोशीलाई पनि आजनै सोधपुछका लागि बोलाइएको छ । जोशीलाई बिहान ११ बजे बोलाईएको समितिले जनाएको छ ।

सहकारीमा भएको समस्यको विषयलाई लिएर संसदले गत १५ गते थापाको सभापतित्वमा समिति गठन गरेको थियो भने समितिले २३ गतेदेखि काम सुरु गरेको थियो । समितिलाई दिएको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदैछ ।

प्रकाशित:
2024/08/23, 9:32
SPA
KN
Priya Gahana Pasal