धनगढी लेडी जेसिजले मनायो तीज

सुदूर प्रेस संवाददाता

जगत साउँद

धनगढी–धनगढी लेडी जेसिजले हरितालिका तीज को अवसरमा शुभ कामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२४  कि अध्यक्ष जेसि सुशीला निरौला को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस कैलाली क्षेत्र नं ३ कि क्षेत्रीय सभापति रिता चौधरी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि धनगढी लेडि जेसिज कि पूर्व अध्यक्ष जेसि सरस्वती खड्का भट्ट, महिला नेत्री नेपाली काङ्ग्रेस कैलालीकी महासमिति सदस्य रामकुमारी चौधरी, महिला संघ कैलालीकी सचिव शारदा सुनाम रहनु भएको थियो । लेडि जेसिजका सम्पूर्ण परिवार लगायत अन्य महिला हरुले नाचगान गर्दै शुभकामना आदान प्रदान गरी रमाइलो गरेका थिए । कार्यक्रम सञ्चालन धनगढी लेडि जेसिज वर्ष २०२४ कि महासचिव निता चौधरीले गर्नु भएको हो । 

प्रकाशित:
2024/09/05, 2:02
SPA
KN
Priya Gahana Pasal