चट्याङ लागेर ७ जनाको मृत्यू

सुदूर प्रेस संवाददाता

भारत–भारतको छत्तीसगढमा चट्याङ लागेर ७ जनाको ज्यान गएको छ । छत्तीसगढको बालोदबजार जिल्लामा चट्याङ पर्दा अरु थुप्रै मानिस घाइते भएका छन्

 छत्तीसगढका मुख्यमन्त्री विष्णु देव साईले मोहत्रा गाउँमा चट्याङ लागेर ७ जनाको ज्यान गएको र कैयौँ घाइते भएका पुष्टि गर्नुभएको हो । उहाँले यो घटनाप्रति  दुःख व्यक्त गर्दै घाइतेलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याएको जानकारी दिनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मुख्यमन्त्रीले मृतकका परिवारप्रति समवेदनासहित दिवङ्गत आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । हरेक वर्ष मनसुनको समयमा भारतमा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ ।  

प्रकाशित:
2024/09/09, 7:41
SPA
KN
Priya Gahana Pasal