डोटीमा कोदालो प्रहार गरी दाजुको हत्या

सुदूर प्रेस संवाददाता

डोटी — डोटीमा सहोदर भाइले कोदालो प्रहार गरी दाजुको हत्या गरेका छन् । जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाजु गणेश बहादुर जोराको हत्या गरेको डीएसपी भिमलाल भट्टराइले जानकारी दिए। डीएसपी भट्टराइका अनुसार सोमबार नै प्रहरीले नरबहादुरलाई नियन्त्रणमा लिइसकेको छ । सोमबार दिउँसो ३ बजेको समयमा नरबहादुरले दाजु गणेशबहादुरको टाउकोमा कोदालो प्रहार गरेका थिए । 

घरायसी विवादपछि झगडा हुँदा भाइले कोदालो प्रहार गरेको र दाजुको घटनास्थलमै मृत्यु भएको पाइएको डीएसपी भट्टराईले बताए ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित:
2024/09/10, 9:13
SPA
KN
Priya Gahana Pasal