सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । राति पनि सामान्य मात्रै वर्षा भएको छ ।

यतिबेला भने पाल्पा र बाँकेमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो भने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी, मधेश र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।

मुख्यगरी बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँमा तथा बाँकी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

 

प्रकाशित:
2025/07/12, 8:38
SPA
KN
Priya Gahana Pasal