कैलाली कारागारभित्र कैदीबन्दीहरूबीच झडप

सुदूर प्रेस संवाददाता

कैलाली — कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ । कारागारका नाइके खगेन्द्र बोगटीलाई कुटपिट गरिएको छ । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको हो । 

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणा र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल कारागार पुगेका थिए ।

बोगटीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । ठूलो चोटपटक नभएकाले सामान्य उपचारपछि उनलाई फिर्ता ल्याइसकिएको राणाले बताए ।

एसपी राणाले घटना सामान्य भएकाले ठूलो मुद्दा नबनाउन आग्रह गरे । 

कैलाली कारागारमा पटकपटक यस्ता घटना हुने गरेका छन् । केही दिनअघि मात्रै डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको शंकास्पद मृत्यु भएको थियो ।

प्रकाशित:
2025/07/13, 8:02
SPA
KN
Priya Gahana Pasal