धनगढी — थारु समुदायको महत्वपूर्ण चाड गुरहीका अवसरमा मंगलबार कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, टीकापुर, गौरीगंगा, भजनी, घोडाघोडी नगरपालिकाले बिदा दिएका छन् । यस्तै कैलारी र जानकी गाउँपालिकाले पनि सोही पर्वको अवसरमा बिदा दिएका हुन् ।
गुरही पर्व थारु समुदायको मुख्य पर्व हो । गाउँघरबाट रोगव्याधि हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीका दिन थारु समुदायले साँझपख गुरही मनाउने गर्छन् ।