गर्मी धेरै भएपछि स्कुल वन्द

सुदूर प्रेस संवाददाता

धनगढी– पश्चिम तराई क्षेत्रमा अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बनेको छ। गर्मीका कारण विद्यार्थीलाई विद्यालय जानसमेत कठिन भएपछि कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।

May be an image of tree and text that says "श्री भारताल साइकेदारी वन व्यवस्थापन समिती धनगढी-१४, कैलाली वन्न जोगाऔं, जीवल्न बचाओं वन हाम्रो धरोहर, संरक्षण हाम्रो दावित्व वनको संरक्षण गरौं I रुख कारटन नगरौं I सामूहिक प्रयासले वन समृद्द बनाओ हरियाली बढ़ाओ, पर्यावरण बचाओं वन जोगाओं, पानी बचाओ अध्यक्ष: यादव प्रशाद भणडारी"

धनगढी उपमहानगरपालिकाले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा असार ९ गतेदेखि १२ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।

May be an image of ‎text that says "‎₹ सुलभ र सहुलियतपूर्ण कर्जा सुविधा: विना धितो वा सहुलियत ब्याजदरमा व्यवसाय सुरु गर्न वित्तीय सहयोग| व्यावसायिक सीप तथा उदमशीलता तालिम: बजारको माग अनुसारको आधुनिक तालिम र प्रविधि हस्तान्तरण। रू कृषि, पशुपालन र स्थानीय उद्योगलाई प्राथमिकता: रैथाने उत्पादनको प्रवर्द्धन र कृषिजन्य उद्योगमा विशेष जोड। युवा र महिला स्वरोजगारको ग्यारेन्टी: वैदेशिक रोजगारीको विकल्य खोजिरहेका युवा र उद्यमशील महिलाहरुलाई प्रोत्साहन। आफनै प्रदेशमा उधਹम गरौं, आथिंक रूपमा सबल र आत्मनिर्भर बनौं! حد सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष धनगदी, कैलाली‎"‎

शिक्षा शाखाले जारी गरेको सूचनामा अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै बिदा दिइएको उल्लेख गरिएको छ। बिदाको अवधिमा विद्यार्थीलाई घरमै सुरक्षित रहन तथा अत्यधिक गर्मीबाट जोगिन आवश्यक सावधानी अपनाउन अभिभावकलाई आग्रह गरिएको छ।

यसैगरी, कञ्चनपुरको बेदकोट नगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयमा असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिने निर्णय गरेको छ। विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै विद्यालय बन्द गरिएको जनाइएको छ।

भिमदत्त नगरपालिकाले भने असार ८ गतेदेखि १९ गतेसम्म नगरभित्रका विद्यालयमा बिदा दिएको छ। विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै लामो बिदाबाट कट्टी हुने गरी गर्मी तथा वर्षे बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमद्वारा जारी सूचनामा उल्लेख छ।

कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मीसँगै तातो हावा (लु) समेत चलिरहेको छ। गर्मीका कारण बिरामी हुनेको संख्या बढ्दै गएको छ।

यी जिल्लामा जेठ महिनाको सुरुदेखि नै तापक्रम बढ्न थालेको हो। न्यूनतम तापक्रमसँगै सापेक्षिक आर्द्रता पनि बढेकाले पछिल्लो एक सातायता अत्यधिक गर्मी महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख संजयकुमार शाहले बताएका छन्।

उनका अनुसार अत्यधिक गर्मी केवल अधिकतम तापक्रमले मात्र निर्धारण हुँदैन, २४ घण्टाको गर्मीको अनुभव न्यूनतम तापक्रममा बढी निर्भर हुन्छ।

‘अत्यधिक तापक्रम एक पटक पुग्ने माथिल्लो बिन्दु हो, तर २४ घण्टाकै गर्मी न्यूनतम तापक्रममा निर्भर हुन्छ,’ उनले भने, ‘सापेक्षिक आर्द्रता पनि बढेको छ।’

सापेक्षिक आर्द्रता बढेका बेला उकुसमुकुस बढ्ने र तातो हावा चल्ने भएकाले गर्मी अझ बढी महसुस हुने उनले बताए।

हाल अत्यधिक गर्मी ३८ डिग्री सेल्सियसदेखि ४१ डिग्री सेल्सियससम्म पुगेको छ। पछिल्लो एक सातायता न्यूनतम तापक्रम २७ डिग्री सेल्सियसभन्दा माथि रहँदै आएको शाहले जानकारी दिए। सुदूरपश्चिममा मनसुन आउन अझ केही दिन लाग्ने भएकाले गर्मी थप बढ्न सक्ने अनुमान गरिएको छ।

जनजीवन प्रभावित

अत्यधिक गर्मीले सुदूरपश्चिमका तराई जिल्ला कैलाली र कञ्चनपुरमा जनजीवन प्रभावित बनेको छ। बजारलगायत सार्वजनिक क्षेत्रमा चहलपहल घटेको छ। स्थानीयका अनुसार गर्मी यति बढेको छ कि पंखाले समेत प्रभावकारी रूपमा काम गर्न छाडेको छ।

त्यसमाथि पटक–पटक विद्युत् अवरुद्ध हुँदा सर्वसाधारणलाई राति सुत्नसमेत समस्या हुने गरेको छ। धेरैजसो स्थानीय राति ११–१२ बजेसम्म छत र बरन्डामा बस्न बाध्य भएका छन्। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।

बिरामी बढे

अत्यधिक गर्मीका कारण निजी क्लिनिक, निजी अस्पताल, स्वास्थ्य संस्था तथा सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ।

चिकित्सकका अनुसार भाइरल ज्वरो, पेट दुख्ने, अपच, टाउको दुख्ने, झाडापखाला, छालामा बिबिरा तथा दाना आउने समस्या भएका बिरामी बढेका छन्।

वरिष्ठ फिजिसियन डा. शुभेसराज कायस्थका अनुसार अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, मुख सुक्ने, थकान महसुस हुने र कमजोरी देखिने समस्या पनि बढ्ने गरेको छ।

गर्मीबाट बच्ने उपाय

विज्ञहरूले टन्टलापुर घाममा सकेसम्म बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव दिएका छन्। घाममा हिँड्नै परे छाता प्रयोग गर्ने, टाउको छोप्ने, शरीर ढाक्ने तथा हल्का कपडा लगाउने डा. कायस्थको सुझाव छ।

त्यस्तै, शरीरमा पानीको मात्रा कम हुन नदिन तिर्खा नलागे पनि पर्याप्त पानी पिउने, जीवनजल, कागतीपानी, लस्सी, मोही तथा खरभुजा, काक्रा जस्ता पानी प्रशस्त हुने फलफूल सेवन गर्न उनले सुझाव दिएका छन्।

प्रकाशित:
२०८३ असार १६, ०६:०७