काठमाडौँ — त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागको चौथो सेमेस्टरका विद्यार्थी हुन् उज्ज्वल खतिवडा । परीक्षाको पर्खाइमा रहँदै गर्दा काठमाडौंमा कोरोनाको महामारी फैलिएको चर्चा चुलिन थालेको थियो । त्यसैले उनी लकडाउन सुरु हुनुभन्दा दुई दिनअघि नै झापास्थित घर गए ।
