नेयरमार, डी मारियासहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

neymar-and-dmariya
सुदूर प्रेस संवाददाता

एजेन्सी –  पेरिस सेन्ट जर्मेन (पीएसजी)का एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरस संक्रमण भएको छ । नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको पीएसजीले जनाएको छ । ‘परीक्षणपछि तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा रहेका छन्,’ क्लबले भनेको छ । 

युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ ।

प्रकाशित:
2020/09/04, 8:53