अछाममा कर्तव्य ज्यान मुद्धामा संलग्न ६ जना पक्राउ

Achham

अछाम - कर्तव्य ज्यान मु’द्धामा संलग्न ६ जनालाई अछाम प्रहरीले पक्राउ गरि मु द्दा दर्ता गरेकाे छ । भदौ १६ गते राती मंगलसेन नगरपालिका वडा नं.१४ कालागाँउ बस्ने मान बहादुर भण्डारीको छोरा बर्ष २४ को सन्तोष भण्डारीलाई पक्राउ गरि उपचारकाे क्रममा ज्यान गएपछि कुटपिटमा संलग्न कमलबजार नगरपालिका वडा नम्बर ६ का ६ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मु’द्धामा मुद्धा दर्ता भई आवश्यक अनुसन्धान भईरहेको अन्य फरार रहेका व्यक्तिहरुको खोजतलास कार्य भईरहेको प्रहरी कार्यालय अछामका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयाे ।

प’क्राउ पर्नेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाज बस्ने बम ब. शाहीको छोरा बर्ष १९ को खेमराज शाही, विरपथका नेत्र बहादुर शाहीको छोरा बर्ष २० को भुपेन्द्र शाही, साेही ठाउँका डबल बहादुर शाहीको छोरा बर्ष २० को बिनोद बहादुर शाही, हात्तीबाज बस्ने छत्र शाहीको छोरा बर्ष २१ को अक्कल शाही, ईन्द्र बहादुर शाहीको छोरा बर्ष १९ को बिनोद शाही र तुल बहादुर शाहीको छोरा बर्ष २५ को रमेश शाही रहेका छन् ।

उनीहरुलाई भदौ १७ गते पक्राउ गरेकाे र घटनामा संलग्न अन्य केही फ’रार ब्यक्तिकाे खाेजिकार्य भैरहेकाे र अनुसन्धान समेत जारी रहेको प्रहरीले जनाएको छ ।

१६ गते राती कालागाउँकाे खानडाँडा भन्ने स्थानमा कमलबजार नपा ६ हात्तीबाज बस्ने भुपेन्द्र शाही लगायत ७/८ जना व्यक्तिहरुको समुहले सामान्य विवाद भई कु’ट’पि’ट गरी घाईते बनाएको र घाईतेकाे हिजाे ज्यान गएकाे प्रहरीले जनाएको छ ।

ग’म्भीर घा’ईते सन्ताेषलाई थप उपचारकाे लागि हिजाे हेलिकप्टरबाट उद्धार गरि बाहिर लिने प्रयास भए पनि हेलिकप्टर अछाम पुग्ने बित्तिकै उनकाे ज्यान गएकाे थियाे । पछि हेलिकप्टर रित्तै फिर्ता भएको थियाे ।

गत बर्षमात्रै विवाह गरेका २४ बर्षका सन्ताेषकाे कु’ट’पि’ट पछि मृ’त्यु भए पछि घरपरिवार र गाउँबासी गहिराे शाे’कमा परेका छन् ।

प्रकाशित:
२०७७ भदौ १९, १०:५७
SPA
KN
Priya Gahana Pasal