डोटीमा जिप दुर्घटना, १० जना घाइते

डोटी
सुदूर प्रेस संवाददाता

डोटी,२६ भदौ–डोटीको पूर्वीचौकी गाउँपालिका–१ श्रीमामा जिप दुर्घटना हुँदा १० जना घाइते भएको छन्।  धनगढीबाट अछामका लागि हिँडेको से १ ज १०६६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना भएको हो। जिप सडकबाट १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए।  प्रहरी निरीक्षक बोहराका अनुसार घाइतेहरुको स्थानीय, रेडक्रसकर्मी र प्रहरीले उद्धार गरी जिल्ला अस्पताल डोटीमा ल्याइँदै छ। उक्त जिपमा भारतबाट आएका व्यक्तिहरु रहेको रेडक्रसकर्मी देवबहादुर बोहराले बताए।
 

प्रकाशित:
२०७७ भदौ २६, ०८:३१
SPA
KN
Priya Gahana Pasal