सुदूरपश्चिममा आज थपिए ७६ कोरोना सङ्क्रमित, कैलालीमा मात्रै ६९

प्रदेशमा सङ्क्रमित साढे ६ हजार नाघे
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी - सुदूरपश्चिममा आज थप ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७६ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ४५ जनाको कोरोना परीक्षण भएकोमा ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

यस्तै डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २ जनामा सङ्क्रमण पुष्टि भएको छ। ८३ जनाको कोरोना परीक्षण भएकोमा २ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

त्यसै गरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ एक सय ९६ जनाको कोरोना परीक्षण भएकोमा थप एक जनामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ६ हजार ५ सय १० पुगेको छ। 

प्रकाशित:
2020/09/13, 4:30