सरकार के भोकलाई लकडाउन गर्न सक्छौ ?

Mahendra

देश लक डाउन भएको ३० दिन पछि 
मुगलानको माटो छोडेर स्वदेश फर्किएको धनबहादुर 
आज ठिक ६० औँदिनमा
फेरि ६० दिन अघि उभिएकै आकाशमुनि उभिएको छ 
जहाँबाट तीन पाइला प...र टेक्ने बित्तिकै 
उ मुगलानीको  पहिचान पाउँछ ।
६० दिन अघि 
उसलाई लागेको थियो 
मेरो देशमापनि त सरकार छ, 
तर ५८ दिन पछि 
३ बर्सिया छोरीलाई ल्याइ दिएका चप्पलको आयु सकियो
आमालाई चोली र
श्रीमतीलाई थप एक जोर लुगा फेर्न सकेन 
औषधि किन्न नसकेर बादमले थलिनथाले 
चुल्हो एक छाक मात्रै बल्ने अवस्थाआयो 
तब साहुको ऋणसँग कहिल्यै नहारेको धनबहादुरले 
भोकसँगहार स्वीकार ग¥यो 
अनि ५९ औँदिनमा सरकारको पार्थिव शरीरमादुई थोपाआँसु चढायो,
साहुसँग तीन हजार ऋण काढ्यो 
र 
माटो टकटक्याउँदै भि¥यो दस वर्षको हुदाँता कानै भिर्न थालेको मुगलानी झोला । 
अबभन सरकार 
के तिमी धनबहादुरको भोकलाई लकडाउन गर्न सक्छौ ?
अस्पतालमा स्वीपरको कामगर्ने 
३७बर्सिया मनमाया नेगीको
तीनहप्ता अघि मृत्यु भयो 
त्यसको ७ दिनपछि उनको मृत्युको कारण कोरोना रहेछ भन्ने थाहभयो 
साढे एक दशकउमेर न पुगेकादुई छोरा टुहुरा भए
अहिले उनीहरूलाई भोकको अङ्क गणित 
र नैतिकताको नेपालीसिकाउने 
उन्नतबगाले दाइ
एउटा प्रश्नपत्रतयार पार्दै छन् 
जहाँ लेखिएको हुनेछ
जीवनको परीक्षामा उत्तीर्ण भएकादुई दाजु भाइको साझाप्रश्न  ।
भन सरकार तिमीती टुहुराको भोकलाई लक डाउन गर्न सक्छौ ?

पाँच महिना मात्रै भयो 
विशाल काकाले छोराको हत्या देख्नु परेको 
आज ब्लड बैङ्क अघि ठिङ्ग उभिएर 
१० औँ पटकमा पनि हिसाब मिलाउन सकेका छैनन् 
अबआउने उत्तराधिकारी बचाउने 
वा
प्रसव पीडाले जीवन र मृत्युको दोसाँधमा रहेकी
छोरै समान बुहारी बचाउने भनेर ।
किनकि डाक्टरले विशाल काकालाई राम्ररी पढाई सके 
तीन मध्यदुई जनाको मृत्यु र एक जनाको मात्रै जीवनको अर्थशास्त्र
अबभन सरकार के तिमि विशाल काकाको मृत्युलाई लक डाउन गर्न सक्छौ ?

 

यदि सक्छौ भने ठिक छैन 
र सक्दैनौ भने ठिक छ 
किनकि
धनबहादुर मुगलानीकाआँसु 
मनमाया नेगीको आत्मा
र विशाल काकाको मृत्युको भोक 
मैले भन्दा दस गुणा बढी तिमिले पढेका छौ,तिमिले
बुझ्पचाउन खोजेर मात्रपो हो 

त्यसैले कयौँ मुगलानी
कयौँ मनमाया
अनिकयौँ–कयौँ विशाल काकाहरूकाआँसु को यो निवेदन
मैले तिमिलाई चढाएँ 

अबतिम्रो युग
तिम्रो आयुको राजीनामा
तिम्रो अपिल
तिम्राआश्वासन
र तिम्रा सपना
भोकले स्विकार्ने छैन 
र न स्विकारोस् पनि। 
किनकि तिमी यीप्र श्न सुनेर,नसुने झैँ गरी....रहने काँतर हौ ।

महेन्द्र बम 
धनगढी, कैलाली

प्रकाशित:
2020/09/14, 6:05