समाजसेबी स्वर्गीय विशेश्वर यादबको पुण्य तिथीमा कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा खटिएका हरुलाइ सम्मान

SAMMAN

सप्तरी–
सप्तरीका समाजसेबी स्वर्गीय विशेश्वर यादब (डाडो) को दोश्रो पुण्य तिथीको अवसर पारी कोबिड–१९ महामारी विरुद्ध आम नागरीकको जीवन रक्षाका लागि अग्रपंक्तिमा खटिएका हरुलाइ एक भब्य समारोह बिच मंगलबार सप्तरीमा सम्मान गरीएको छ ।  श्राद्ध कर्मको अवसरपारी स्वर्गीय यादबको नाममा स्थापित  विशेश्वर यादब स्मृति प्रतिष्ठानले महामारीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी र सेवा निवृत्त कर्मचारी गरी ६० जनालाई दोसल्ला र प्रमाण–पत्र द्वारा सम्मान गरीएको स्वर्गीय यादबका छोरा पुर्णशंकर यादबले बताए । प्रतिष्ठानका अध्यक्ष नागेश्बर यादबको अध्यक्षतामा भएको कार्यक्रममा बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतको प्रमुख आतिथी रहनु भएको थियो भने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादबको बिशिष्ठ आतिथी हुनुहुन्थ्यो । समाजमा कुरितिको रूपमा रहेको मृत्युभोज अन्तय हुनुपर्छ भन्ने मान्यता थियो त्यसै  अनुसार बुबाको निधन पश्चात पनि हामीले समाजको बिरोध बाबजुद पनि कुनै ठुलो भोज नगरी उहाँको नाममा प्रतिष्ठान स्थापना गरी बिभिन्न सामाजीक काम गर्दै आएको यादबले बताए । सप्तरीको बलान बिहुल गाउँपालीका–२ निबासी समाजसेबी विशेश्वर यादबको  २०७५ भदौ ३० गते देहाबसान भएको थियो । विशेश्वर यादब स्मृति प्रतिष्ठानले पछिल्लो समय कैलालीमा पनि जनउत्तरदायी काम गर्दै आएको छ । 

Image may contain: 3 people, people standing, beard and outdoorImage may contain: 2 people, people sitting and outdoor

Image may contain: 2 people, flower, table, food and indoor

 

 

प्रकाशित:
2020/09/15, 10:01