कैलालीको गोदावरीमा एकै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु

birami

धनगढी–कैलालीको गोदावरी नगरपालिका – १० खमौरामा एकै टोलका १६ जना बिरामी परेका छन् । उनीहरु मध्ये एक जनाको मृत्यु भएको छ । श्राद्धमा खाना खाएर बिरामी परेका वडा नम्वर १० का सुरेश बोहराको  सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए । गत भदौ २७ गते श्राद्धमा खाना खाएपछि बिरामी परेका १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको उनले जानकारी दिए ।

तीन जनाको नवजिवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने बाँकी सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । सेती अस्पतालका आकस्मिक वार्ड प्रमुख कृष्ण बोहराले फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको बताएका छन । 

Image may contain: one or more people, people sitting, bedroom and indoor

Image may contain: one or more people and indoor

प्रकाशित:
2020/09/16, 12:22