डोटीमा कार्यरत ४० सेनामा कोरोना संक्रमण

Corona Update

डोटी–डोटी जिल्लामा कार्यरत ४० नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा संक्रमण देखिएको हो।
दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो। संक्रमित सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित:
2020/09/16, 2:55