कैलाली र कञ्चनपुरका २९ जनामा कोरोना संक्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदुरपश्चिममा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो।
कैलालीको गौरीगंगा नगरपालिकाका सात जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर र टीकापुरका एक÷एक जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । 

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका– ६ जना र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय २५ जनाको कोरोना परीक्षण भएको सुचना अधिकार िश्रेष्ठले बताए । 

प्रकाशित:
2020/09/16, 5:09