सुदूरपश्चिम यातायात बाहेक भोलि देखि देशभर लामो दुरीका यातायात चल्ने 

सुप यातायातको पर्सि चल्ने
Supa Yatayat

धनगढी – कोभिडका कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन बिहीबारबाट सञ्चालनमा आउने भएका छन् । नेपाल यातायात व्यवसायी महासङ्घ र तीन वटा मजदुर ट्रेड युनियनले संयुक्त रूपमा बुधवार विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् ।

आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले कोभिड महामारीका बेला सार्वजनिक यातायातमा थप ५० प्रतिशत भाडा समेत बढाएको छ ।

तर सुदूरपश्चिम यातायात प्रालिले भने भोलिबाट यातायात सुचारु नहुने जनाएको छ । लामो समय देखि थन्किएका गाडीहरूको मर्मत र यातायात मजदुरहरू घर गएका कारण पर्सिबाट मात्रै यातायात सुचारु गरिने सुप यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए । 

प्रकाशित:
2020/09/16, 6:26