कैलाली कञ्चनपुरका २२ जनामा कोरोना संक्रमण देखियो

धनगढीका ९ जनामा संक्रमण
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली र कञ्चनपुरका २२ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरीएको परिक्षणमा कैलाली कञ्चनपुरका २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रबक्ता दीलीप कुमार श्रेष्ठले जानकारी दिए ।  संक्रमति मध्ये १६ जना कैलालीका छन भने ६ जना कञ्चनपुरका छन । धनगढी उपमहानगरपालीका –२ का ६ जना,१३ का १ जना, ५ का १ जना,धनगढीकै वडा नखुलाइएका १ जना,गौरीगंगा नगरपालीकाका–६ का  ३ जना,भजनी नगरपालीकाका–५ का ३ जना र गोदावरी नगरपालीकाका–४ का १ जना रहेका छन । त्यस्तै कञ्चनपुरको पुर्नबास नगरपालीकाका–५ का ४ जना,महाकाली नगरपालीकाका–२ का १ जना र बेलौरी नगरपालीकाका १ जना रहेका छन । 

No photo description available.

प्रकाशित:
2020/09/17, 2:47