धनगढी बिशालनगरमा गएराती चट्टयाङ पर्‍यो

chatyang
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी उप–महानगरपालीका–३ बिशालनगरमा गएराती चट्टयाङ परेको छ । स्थानिय बिष्नु भट्टराइको घरको पहिलो तलाको छतजामा राती करिब डेढ बजे तिर चट्टयाङ परेको हो । छतजाको सिमेन्ट भत्कियर खसेको छ ।  चट्टयाङबाट घरमा रहेका बिधुतीय उपकरणमा क्षति पुगेको छ । चट्टयाङ परेको घरका आसपासका केही घरहरुमा राती देखिनै बिद्युत अबरुद्ध भएको छ । कतिपयका घरमा बिद्युतीय उपकरणहरुमा क्षति पुगेको छ । चट्टयाङ परेको बेला ठुलो आवाज आएपछि मानिसहरु त्रसित थिए । 

प्रकाशित:
2020/09/18, 9:37