झण्डै छ महिना पछि सुदुरपश्चिम बाट लामो दुरीका यातायात गुडे

सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा बृद्धि
yatayat

धनगढी–झण्डै छ महिना पछि सुदुरपश्चिममा आजबाट लामो दुरीका सवारी साधन खुलेका छन । सुदुरपश्चिम यातायात प्रालीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै आजबाट लामो दुरीमा यातायात सञ्चालन गरेको हो । प्रदेश राजधानी धनगढीबाट आज बिहानै देखि मुलुकका बिभिन्न जिल्लामा बसहरु गुडी रहेका छन । देशभर हिजोबाट यातायात खुलेपनि साधन हरु मर्मत गर्नुपर्ने तथा घर गएका मजदुर नफर्किएका कारण आजबाट यातायात सुचारु गरीएको प्रालीका अध्यक्ष पदमराज सापकोटाले बताए । सार्बजनिक यातायतमा तोकिएको भन्दा ५० प्रतिशत भाडा बृद्धि गरीएको छ । यात्रु पनि पचाश प्रतिशत अर्थात क्षमताको आधा मात्रै राखिने प्रालीका कार्यालय प्रमुख देबिलाल जोशीले बताए । उनले कोरोना संक्रमण रोकथामका लागी यात्रुलाइ अनिबार्य मास्क र सेनिटाइजरको ब्यवस्था गरीएको बताए । भिडभाड हुन नदीन काउन्टरहरुमा पनि दुरी कायम गरीएको जोशीले बताए । यात्रु सबै ओराली सकेपछि बसभित्र,ढोका र सिटका हत्तामा पनि सेनिटाइज गरीने उनले बताए ।  लामो दुरीका यातायात खुले संगै बजारमा चहल पहल वढेको छ । प्रदेश राजधानी धनगढीमा रहेको बसपार्क,ट्राफिक चौराहा लगायतका ठाउँहरुमा चहल पहल बाक्लो छ । 
 

प्रकाशित:
2020/09/18, 12:03
SPA
KN
Priya Gahana Pasal