सुदूरपश्चिमका २१ जनामा कोरोना संक्रमण देखियो

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिममा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा छ सय २८ जनाको कोरोना परीक्षण भएकोमा ६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १२ का तीनजना, वडा नम्बर ४ का एक जना र टीकापुर नगरपालिका वडा नम्बर १ का एक जनामा कोरोना पुष्टि भएको हो ।   डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ७ पुरुष र ८ महिला गरी  १५ जनामा संक्रमण पुष्टि भएको छ। दुई सय १२ जनाको कोरोना परीक्षण भएकोमा १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका १५ जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ७ सय ३६ पुगेको छ।

प्रकाशित:
2020/09/18, 4:22
SPA
KN
Priya Gahana Pasal